राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष भण्डारीद्वारा सपथ ग्रहण

चैत्र २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष भण्डारीद्वारा सपथ ग्रहण

काठमाडौं । राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष लिलाकुमारी भण्डारीले पद तथा गोपनियताको सपथ लिनुभएकाे छ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उहाँले पद तथा गोपनियताको सपथ लिनुभएको हो । सपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, सभामुख डोलप्रसाद अर्याल तथा नेपालस्थित नियोगका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 

यसअघि सोमबारको सभाको बैठकले भण्डारीलाई राष्ट्रिय सभाको उपाध्यक्षमा भण्डारीलाई निर्विरोध निर्वाचित गरेको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.