‘बृहत्तर लुम्बिनी क्षेत्र’ परियोजनाका लागि विश्व बैंकबाट ८५ मिलियन डलर सहुलियतपूर्ण ऋण लिने

चैत्र २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘बृहत्तर लुम्बिनी क्षेत्र’ परियोजनाका लागि विश्व बैंकबाट ८५ मिलियन डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं । सरकारले ‘बृहत्तर लुम्बिनी क्षेत्र’ विकास परियोजनाको लागि विश्व बैंकबाट ८५ मिलियन अमेरिकी डलरबराबरको सहुलियतपूर्ण ऋण लिने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी क्षेत्रको बृहत्तर विकासका लागि विश्व बैंकले दिने उक्त ऋण स्वीकार गर्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिनुभयाे । 

यही मार्च १३ मा अमेरिकाको वासिङ्टन डीसीमा बसेको विश्व बैंकको बोर्ड बैठकले लुम्बिनीलाई आध्यात्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सहुलियत ऋण दिने निर्णय गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.