
काठमाडौं । पश्चिम एसिया युद्धका कारण इन्धन संकट चुलिएको भन्दै सरकारले घरबाटै काम गर्न आग्रह गरेको छ ।
सरकारले विश्वबजारमा इन्धान संकट गहिरीनुका साथै मूल्यवृद्धि समेत आकशिएकाले इन्धन खपतका लागि घरबाटै काम गर्न आग्रह गरेको हो । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू सुनाउँदै मन्त्री प्रतिभा रावलले घरबाटै अफिसको काम गर्न आह्वान गर्नुभयो ।
नेपालमा केही सस्तोमा बिक्री गर्नका लागि पेट्रोल डिजेल मटिटतेलमा लाग्दै आएको पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने र सोको सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको समेत उहाँले जानकारी दिनुभयो ।
मन्त्री रावलकाअनुसार सरकारले दीर्घकालिन रूपमा विद्युतीय गाडीहरूको कानुनी व्यवस्थापन अघि बढेको छ । यसका लागि इथानोल नीतिमा तयारी भइरहेको उहाँले बताउनु भयो । इभी पूर्वाधार विस्तारमा सरकार प्रतिबद्ध रहेको बताउँदै रावलले सरकार पारदर्शी रहेको र सत्य नलुकाउने,जनताको पीडा बुझ्ने समेत बताउनु भयो ।