सुदूरकाे उद्योगमन्त्रीमा शिवराज भट्ट नियुक्त

चैत्र २३, २०८२ |टेकराज जोशी
सुदूरकाे उद्योगमन्त्रीमा शिवराज भट्ट नियुक्त

धनगढी । प्रदेश सभा सदस्य शिवराज भट्ट सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त हुनुभएकाे छ । 

मुख्यमन्त्री कमल बहादुर शाहले भट्टलाई मन्त्रीमा नियुक्त गर्नुभएकाे हाे। प्रदेश प्रमुख नाजिर मियाले साेमबारनै नवनियुक्त मन्त्री भट्टलाई पद तथा गोपनियताको सपथ दिलाउनुभएकाे हाे।

यसअघि लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि गत असारमा तत्कालीन नागरिक उन्मुक्ति पार्टी (नाउपा)का प्रदेश सभा सदस्य रामेश्वर चौधरीलाई मुख्यमन्त्री शाहले बर्खास्त गर्नुभएकाे थियाे । त्यसयता उक्त मन्त्रालय मुख्यमन्त्री शाह आफैंले सम्हाल्दै आउनुभएकाे थियाे।

बैतडीबाट निर्वाचित प्रदेश सभा सदस्य भट्ट नियुक्ति भएसँगै लामो समयदेखि रिक्त रहेको मन्त्रालयले पूर्णता पाएको छ।


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।