राष्ट्रिय सभामा महिला आयोगको वार्षिक प्रतिवेदन पेस

चैत्र २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रिय सभामा महिला आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रिय महिला आयोगको आव २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस भएको छ ।

राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा प्रधानमन्त्री बालेन्द्रै शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सो प्रतिवेदन पेस गर्नुभएको हो । 

संवैधानिक व्यवस्था अनुसार सो आयोगको प्रतिवेदन संघीय संसद्‌मा पेस गर्नुपर्ने हुन्छ । राष्ट्रिय सभाको अर्को बैठक चैत्र २३ गते दिउँसो १२ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.