जेन–जी आन्दोलनका घाइतेसँग गृहमन्त्री गुरुङको भेट, स्वास्थ्य अवस्थाबारे लिनुभयो जानकारी

चैत्र २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन–जी आन्दोलनका घाइतेसँग गृहमन्त्री गुरुङको भेट, स्वास्थ्य अवस्थाबारे लिनुभयो जानकारी

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले काठमाडौँ मेडिकल कलेज पुगेर जेन–जी आन्दोलनका घाइतेहरूसँग भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । बिहीबार राति उहाँले घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । 

सो क्रममा अधिकांश घाइतेहरूको निःशुल्क उपचार गरेको भन्दै केएमसीका सञ्चालक डा. सुनिल शर्मालाई गृहमन्त्री गुरुङले धन्यवाद पनि दिनुभयो । गृह मन्त्रालय सम्हालेकै दिनदेखि निरन्तर काममा देखिनुभएका मन्त्री गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण सक्नेबित्तिकै केएमसी जानुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.