
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई २ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जेन-जी आन्दोलन छानबिन गर्न गठित आयोगको प्रतिवेदनको सिफारिसको आधारमा गत शनिबार पक्राउ परेका ओली र लेखकलाई थप अनुसन्धान गर्न अदालतले २ दिन म्याद थप गरेको हो ।
प्रहरीले १० दिन समय मागे पनि अदालतले दुई दिन मात्र समय दिएको हो । यसअघि आजै ओलीको बयान लिन थालेको प्रहरीले जनाएको छ ।
चिकित्सकले थप निगरानीमा राख्नुपर्ने बताएसँगै उहाँको बयान अस्पतालबाटै लिन सुरु गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले कान्तिपुरलाई जानकारी दिनुभयो । यस्तै पूर्वगृहमन्त्री लेखकको हिजो बयान सकिएको बताइएको छ ।