
काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा व्यवसायी दीपक भट्ट पक्राउ पर्नुभएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले आज भट्टलाई नियन्त्रणमा लिएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि सोमबार अध्यागमन विभागले भट्टलाई कालाेसूचीमा राखेर विदेश जानसमेत राेक लगाएकाे थियो । भट्ट र उहाँ आबद्ध कम्पनी तथा त्यस मातहतका सम्पत्तिमा अनुसन्धान भइरहेको छ ।