सिंहदरबार भित्रको आन्तरिक सुरक्षा तयारीबारे गृह मन्त्रालयमा उच्चस्तरीय बैठक

चैत्र ८, २०८२ |रासस
सिंहदरबार भित्रको आन्तरिक सुरक्षा तयारीबारे गृह मन्त्रालयमा उच्चस्तरीय बैठक

काठमाडौं । सिंहदरबार सुरक्षा प्रबन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता आइतबार मन्त्रालयमा बैठक बसी सुरक्षा तयारीबारे छलफल भएको छ ।

गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, मन्त्रालयका उच्च अधिकारीसहितको बैठकले नवनिर्वाचित सङ्घीय सांसदहरूको सपथ ग्रहण र अधिवेशन सञ्चालनदेखि सिंहदरबार भित्रको आन्तरिक सुरक्षा तयारीबारे छलफल भएको हो ।

बैठकमा गृहमन्त्री अर्यालले सांसदहरूको सपथ ग्रहण, संसद अधिवेशन सञ्चालन र व्यवस्थापन तथा सिंहदरबारभित्रका मन्त्रालयको सुरक्षालाई समेत ध्यानमा राखेर ट्राफिक व्यवस्थापन, सुरक्षा व्यवस्थापन र आर्थिक व्यवस्थापन गर्न निर्देशन दिनुभयो । सो सम्बन्धमा आवश्यक सबै तयारी पूरा भएको प्रहरीले अवगत गराएको छ ।