
काठमाडौं । नेपाल र हङकङ चाइनाबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल स्थगित गरिएको छ ।
अखिल नेपाल फुटबल संघ-एन्फाले आइतबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय खेलकुद परिषद्-राखेपको असहयोगका कारण खेल स्थगित गर्नु परेको जनाएको हो । उक्त खेल चैत १२ गते दशरथ रंगशालामा आयोजना हुने तालिका थियो । तर, राखेपले आवस्यक पूर्वाधार उपलब्ध नगराएको एन्फाको दाबी छ ।
एन्फाले फागुन १० गते रंगशाला तथा खेलमैदान प्रयोगका लागि स्वीकृति मागिएको तथा चैत ३ गते पुनः पत्र पठाउँदै फ्लडलाइट, स्कोरबोर्ड लगायत पूर्वाधार उपलब्ध गराइदिन आग्रह गरिए पनि स्वीकृति नपाएको विज्ञप्तिमा उल्लेख छ ।
नेपालले यस खेललाई एफसी एसियन कप छनोटअन्तर्गत चौत १७ गते खेलिने लओसविर"द्धको खेलको तयारीका र"पमा हेरेको थियो । साथै नवनियुक्त मुख्य प्रशिक्षक गुलीएल्मो एरेनाले ४९ खेलाडीसहित प्रारम्भिक तयारी गरेका थिए। यो खेल स्थगित भएसंगै नेपाल यस पटकको फिफा विन्डोमा पनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलविहीन बनेको छ । खेल स्थगित हुनुअघि अनौपचारिक रूपमा २६ खेलाडीको टोलीको नामावली बाहिरएको थियो।