हर्क साम्पाङद्वारा निर्वाचन खर्च सार्वजनिक

चैत्र ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
हर्क साम्पाङद्वारा निर्वाचन खर्च सार्वजनिक

सुनसरी । सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो निर्वाचन खर्च सार्वजनिक गर्नुभएको छ। 

निर्वाचन आयोगमा पेस गरिएको विवरणअनुसार उहाँले कुल ८ लाख २५ हजार २० रूपैयाँ खर्च गरेको उल्लेख छ । निर्वाचन खर्च विवरण प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार पेस गरिएको हो । 

उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएको निर्धारित समयभित्र आफ्नो सम्पूर्ण खर्च विवरण आयोगमा बुझाउनुपर्ने व्यवस्था छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.