प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेस

चैत्र ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेस

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेस गरेको छ ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतका पदाधिकारीहरूले आइतबार प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेस गर्नुभएको हो । गृहमन्त्री ओमप्रकाश अर्यालले आयोगको टोलीले निर्वाचन प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस गरेको जानकारी दिनुभयो । 

उहाँले यो निर्वाचन विगतका निर्वाचनको तुलनामा सुशासनको सन्दर्भमा समेत राम्रो भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगको प्रमुख आयुक्तज्यु र माननीय आयुक्तज्युसहित आयोगको समग्र टिम यहाँ आउनुभएको थियो । उहाँहरूले निर्वाचन सम्पन्न गरेको प्रतिवेदन सम्माननीय प्रधानमन्त्रीज्युलाई उपलब्ध गराउनुभएको छ । यो निर्वाचन पहलिाको भन्दा धेरै राम्रो ढंगले सम्पन्न भयो । यो निर्वाचन सुशासनको हिसाबले अहिलेसम्मकै सबैभन्दा राम्रो निर्वाचन भएको कुरा हामीले महसुस गर्यौं । प्रधानमन्त्रीज्यूले कार्यवाहक प्रमुख आयुक्त र आयुक्तज्युहरूलगायत आयोगको सम्पूर्ण टिमलाई धन्यावाद आभार गर्नुभएको छ ।’

उहाँकाअनुसार निर्वाचन प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.