प्रतिकूल माैसमका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान पनि प्रभावित

चैत्र ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिकूल माैसमका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान पनि प्रभावित

काठमाडौं । मौसममा आएको खराबीका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान पनि प्रभावित भएका छन् ।

त्रिभुवन विमानस्थलमा साढे ३ बजे आएको चाइना इस्टर्न कोलकाता पुगेर अवतरण भएको छ । त्यस्तै इन्डिगो एयर पनि कोलकत्ता डाइभर्ट भएको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

यसैगरी आन्तरिक उडान पनि प्रभावित भएको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ । बुद्ध एयरको भैरहवाबाट काठमाडौं आउन लागेको जहाज जनकपुर डाइभर्ट गरिएको थियो। त्यस्तै विराटनगरबाट काठमाडौंका लागि उडेको जहाज विराटनगर नै फर्काइएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.