
इलाम । रेडपाण्डाको संरक्षणमा चेतना विस्तारसँगै पर्यटक आकर्षण गर्ने उदेश्यले इलामको सन्दकपुरमा तेस्रो रेडपाण्डा महोत्सव आयोजना हुने भएको छ ।
महोत्सव चैत २० देखि २३ गतेसम्म सन्दकपुरको कालपोखरीमा हुनेछ । इलामको सन्दकपुर गाउँपालिकाको माबु दोवाटे, जौवारी, हाागेथाम, जमुनाको चोयाटार, टप्पु, माईजोगमाईको प्याङ पातल सामुदायिक वन, जोगमाईको माथिल्लो सामुदायिक वन लगायतमा रेडपाण्डा पाइन्छ ।
महोत्सवमा रेडपाण्डाको संरक्षण गर्दै यस क्षेत्रका पर्यटकीय स्थलमा धेरै पर्यटक भित्र्याउने खालका कार्यक्रम राखिएको छ ।