दाउन्नेमा रातको समयमा मालबाहक सवारी चलाउन रोक

चैत्र ६, २०८२ |नवीन पौडेल
दाउन्नेमा रातको समयमा मालबाहक सवारी चलाउन रोक

परासी । विस्तारको क्रममा रहेको नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत दाउन्ने खण्डमा चैत ८ गतेसम्म रातिको समयमा मालबाहक सवारी चलाउन रोक लगाइएको छ ।

सडक विस्तार आयोजना पश्चिम खण्डले शुक्रबार एक सूचना जारी गर्दै सडक चिप्लो भएको र सवारी सञ्चालनमा असहज भएको भन्दै राति ७ बजेदेखि बिहान ५ बजेसम्म मालबाहक सवारी चलाउन रोक लगाएको हो ।

यस अवधिमा यात्रुबाहक र अत्यावश्यक क्षेत्रका सवारी भने सञ्चालन हुने छ्न् । चैत ६ देखि ८ गते सम्म रातको समयमा मालबाहक सवारी चलाउन रोक लगाएको सडक विस्तार आयोजना पश्चिम खण्डका सूचना अधिकारी विकास खनालले बताउनुभयाे ।

यो अवधिमा पश्चिमतर्फ बर्दघाट र पूर्वतर्फ दुम्किबासमा सवारी रोक्न सूचनामा अनुरोध गरिएको छ । दाउन्नेमा सडक ढलानको काम भइरहेकाले समान्य वर्षामा पनि सडक चिप्लो भएर समस्या हुँदै आएको छ ।


Image

नवीन पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका नवलपरासी संवाददाता हुन् ।