
सुनसरी । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार लालविक्रम थापा विजयी हुनुभएकाे छ ।
थापाले ५७ हजार ३ सय ४८ मत प्राप्त गर्दै स्पष्ट जित निकाल्नुभएकाे हाे । उहाँले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजीव कोइरालालाई ४१ हजार २ सय ७७ मतान्तरले पराजित गर्नुभएकाे हाे । कोइरालाले १६ हजार ७१ मत मात्र प्राप्त गर्नुभयाे ।
त्यस्तै नेकपा (एमाले)का उम्मेदवार सुजन लामाले ८ हजार ३ सय ३ मत ल्याउनुभएकाे छ भने श्रम संस्कृति पार्टीका चेतन राईले ७ हजार ४ सय ८४ मत प्राप्त गर्नुभएकाे छ। यस क्षेत्रमा कुल १ लाख ५८ हजार ९ सय १० मतदाता रहेका छन्। जसमध्ये १ लाख १ हजार ४ मत खसेको थियो। जसमा ६ हजार २ सय २९ मत बदर भएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।