
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक–१ मा चार वटा गाँउपालिकाको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नै अगाडि देखिएको छ ।
भोटेकोशी, जुगल, त्रिपुरासुन्दरी र लिसंखुपाखार गाँउपालिका सम्मको मतगणनामा रास्वपाका भरत पराजुलीले ९ हजार २ सय ७५ मत ल्याउनुभएकाे छ ।
यस्तै, नेकपाका माधव सापकोटाले ७ हजार ५, नेकपा र नेपाली कांग्रेसका जगबहादुर तामाङले ५ हजार ८ सय ७३ मत र एमालेका सरेश नेपालले ५ हजार ६ सय ३४ ल्याउनुभएकाे छ ।
यता २ मा नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलाले ५ हजार ३ सय ४९ मत ल्याएर अग्र स्थानमा रहेको छ भने नेपाली कांग्रेसका वंशलाल तामाङले ४ हजार २ सय ६६ मत ल्याएर पछ्याइरहनु भएकाे छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका झलक कुमार श्रेष्ठले ३ हजार २ सय १४ र नेकपा एमालेका शेर बहादुर तामाङले २ हजार ४ सय ३२ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।