पश्चिम एसिया क्षेत्रका देशहरूमा रहेका नेपालीहरू सुरक्षित रहेकाे परराष्ट्रकाे भनाइ

फाल्गुन १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
पश्चिम एसिया क्षेत्रका देशहरूमा रहेका नेपालीहरू सुरक्षित रहेकाे परराष्ट्रकाे भनाइ

काठमाडौं । परराष्ट्र मन्त्रालयले पश्चिम एसिया क्षेत्रका देशहरूमा रहेका नेपालीहरू सुरक्षित रहेको जानकारी दिएको छ ।

शनिबारदेखि चर्किएको अमेरिका, इजरायल र इरानबीचको युद्धका कारण पश्चिम एसिया क्षेत्रमा इरानले गरेको ड्रोन आक्रमणका कारण नेपाली प्रभावित बनेको छ । पश्चिम एसियाका देशहरूमा रहेका नेपाली विभिन्न रोजगारीको शिलशिलामा पुगेका नेपालीको सुरक्षाका लागि ८ दूतावास र २ नियोगहरूले नेपालीको उद्धार र सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको परराष्ट्रले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हाे ।

युरोपका विभिन्न देशमा उडानको क्रममा ट्रान्जिटमा १ हजार हजारको हाराहारीमा नेपाली रहेको मन्त्रालयको भनाइ छ । ट्रान्जिटमा रहेका सबै नेपालीको सुरक्षित रहेको र परिस्थिति सहज बन्न साथ उनीहरूलाई सम्बन्धित ठाउँ वा नेपाल फर्काउने तयारी पनि सम्बन्धित एयरलान्समार्फत गरिने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। 

त्यसैगरी काउन्सिलर विभागले पश्चिम एसियाका देशमा रहेका नेपालीको रजिष्ट्रेशन विवरण भराउने काम पनि सुरू गरिएको जनाएको छ । परराष्ट्र मन्त्रालयले पश्चिम एसियाका क्षेत्रहरूमा रहेका १० नियोगमा कम जनशक्ति भएकाले पनि काम गर्न कठिनाइ भइरहेको जनाएको छ । 

इरानको आक्रमण अमेरिकी दूतावास, नियोग तथा एर्यपोर्टहरूमा हुने गरेको समेत परराष्ट्र मन्त्रालयले जनाएको छ। पश्चिम एसियाका देशहरूमा रहेका नेपाली सुरक्षित रहेको भन्दै सम्बन्धित परिवार तथा सरोकारवालालाई संयमित रहन र परराष्ट्र मन्त्रालय तथा दूतावासहरूको सम्पर्कमा रहन आग्रह गरेको छ । इरानको ड्रोन आक्रमणका क्रममा एक नेपाली युवकको मृत्य भइसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.