मकवानपुरमा बस दुर्घटना हुँदा २२ जना घाइते

फाल्गुन १०, २०८२ |बालकृष्ण अधिकारी
मकवानपुरमा बस दुर्घटना हुँदा २२ जना घाइते

हेटौंडा । पुर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी-७ रमनटारमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

हेटौंडाबाट नारायणघाटतर्फ जाँदै गरेको बा प्र ०६-००१ ख ००५४ नम्बरको बसले बिजुलीको पोललाई ठक्कर दिई सडकबाट तल खस्दा दुर्घटना भएको हो ।

घाइतेहरूलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले बताउनुभयो । दुर्घटनाका कारण विद्युत् पोल ढल्दा उक्त क्षेत्रमा बिजुली समेत अवरूद्ध भएको छ ।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।