धनकुटाको निगालेमा माइक्रोबस दुर्घटना, पाँच जना घाइते

फाल्गुन ९, २०८२ |विनोद घिमिरे
धनकुटाको निगालेमा माइक्रोबस दुर्घटना, पाँच जना घाइते

धनकुटा । काठमाडौंबाट हिले आउँदै गरेको माइक्रोबस धनकुटा-१ निगालेमा दुर्घटनामा परेको छ । 

दुर्घटनामा पाँच जना यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार ग २ ख १९५७ नम्बरको माइक्रोबस शनिबार दिउँसो निगाले क्षेत्रमा अनियन्त्रित भई सडकबाट तलतिर झरेको थियो । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक पाण्डव राजवंशीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

स्थानीयवासी र अन्य यात्रुको सहयोगमा घाइतेहरूको उद्धार गरिएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ । उनीहरूको अवस्थासम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको छ । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।