
काठमाडौं । मुख्य सचिव सुमन अर्यालले अनियमितता वा भ्रष्टाचारजन्य कार्यको प्रारम्भिक जिम्मेवारी कार्यालय वा निकायको प्रमुखलाई बनाइने भन्दै सचिवहरूलाई पत्र काट्नु भएको छ ।
पत्रमा सरकारी निकायमा कुनै किसिमको अनियमितता वा भ्रष्टाचारजन्य कार्य भएको पाइएमा निकाय/कार्यालय प्रमुखलाई नै प्रारम्भिक रूपमा जिम्मेवार बनाइने भएकाले सोही बमोजिम गर्ने/गराउने व्यवस्था गर्न भनिएको छ ।
विभिन्न मन्त्रालय, आयोग र कार्यालयका सचिवहरूलाई सम्बोधन गरी पठाइएको पत्रमा आफ्नो मन्त्रालय, आयोग र कार्यालयअन्तर्गतका निकायमा हुन सक्ने भ्रष्टाचार र अनियमितताको सूक्ष्म निगरानी गर्न भनिएको छ। भ्रष्टाचारजन्य कुनै जानकारी हुनेबित्तिकै सम्बन्धित निकायमा लेखी पठाउन पनि भनिएको छ।
आचार संहिताको कडाइका साथ परिपालना गर्ने/गराउने प्रमुख दायित्व कार्यालय प्रमुखको भएको पनि मुख्य सचिवले अर्यालले पत्रमा सम्झाउनु भएको छ ।