धनकुटाको आँखा अस्पताल ‘क’ मतदान केन्द्रमा महिला कर्मचारी मात्रै

फाल्गुन ९, २०८२ |विनोद घिमिरे
धनकुटाको आँखा अस्पताल ‘क’ मतदान केन्द्रमा महिला कर्मचारी मात्रै

धनकुटा । धनकुटाको एक मतदान केन्द्रमा निर्वाचनका लागि महिला कर्मचारी मात्रै खटिने भएका छन् । 

धनकुटा नगरपालिका ६ कचिडेमा रहेको आँखा अस्पताल ‘क’ मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहयोगी कर्मचारी सबै महिला खटाइएकाे हाे ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार उक्त केन्द्रमा मतदान अधिकृतको जिम्मेवारी शिक्षा विकास तथा समन्वय इकाई धनकुटाकी प्रमुख उपसचिव इन्दिरा खड्कालाई दिइएको छ। सहायक मतदान अधिकृतमा निलुशा अधिकारी, सहायक कर्मचारीका रूपमा रिता पाण्डे, रमा ढुंगाना र अम्बिका राई तथा सहयोगी कर्मचारीका रूपमा सीता राईलाई तोकिएको छ। 

धनकुटा १ सय ६६ मतदान केन्द्रमा मतदानका लागि उपसचिव, शाखा अधिकृत तथा अधिकृत छैटौं तहका कर्मचारीलाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । यहाँ निर्वाचनका लागि कुल १ हजार २ जना कर्मचारी खटिने छन्। १ लाख १८ हजार ४ सय २५ जना मतदाता रहेको धनकुटामा १४ राजनीतिक दल र ३ स्वतन्त्र गरी १७ जना उम्मेदवार मैदानमा छन्।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।