धुलिखेल नगरपालिकाले मनायाे आफ्नो स्थापना दिवस

फाल्गुन ५, २०८२ |पुजन धिताल
धुलिखेल नगरपालिकाले मनायाे आफ्नो स्थापना दिवस

काभ्रे । धुलिखेल नगरपालिकाले मंगलबार आफ्नो स्थापना दिवस मनाएको छ । 

सभालाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख निराजन जगमले शिक्षक, स्वास्थ्य कर्मचारी तथा नगर कर्मचारीलाई नागरिकले सेवा लिन आउँदा सहज सेवा प्रवाह गरेर नागरिक पालिका कार्यालयबाट बाहिर निस्कँदा मुस्कानसहित निस्कने वातावरण बनाउन बताउनुभएकाे छ । 

उहाँले पालिकाको विकासमा सबैमा समानता र अनुभूति दिलाउने गरी काम गर्न कर्मचारीहरूलाई अनुरोध गर्नुभयो ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।