उज्वेकिस्तानको आभा क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा

फाल्गुन ५, २०८२ |खेल ब्युरो
उज्वेकिस्तानको आभा क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा

पोखरा । तीन दिनअघि बुढासुब्बा गोल्डकपको उपाधि जितेर पोखरा पुगेको प्लानिङ ब्वाईज युनाइटेडलाई हराउँदै उज्वेकिस्तानको आभा क्लब आहा रारा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।

पोखरा रंगशालामा जारी प्रतियोगिताअन्तर्गत मंगलबारको अन्तिम क्वार्टरफाइनलमा प्लानिङ ब्वाईज युनाइटेडलाई आभाले १-० गोलअन्तरले पराजित गरेको हो । आभाको जितमा युमिदजोन करिलोभले निर्णायक गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपछि दोस्रो हाफको ५६औँ मिनेटमा करिलोभले उत्कृष्ट गोल गर्दै टोलीलाई जित दिलाएका थिए । 

उनी प्लेयर अफ दि म्याच पनि चुनिए । आभा एफसीले अब फाइनल प्रवेशका लागि जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । बुधबार पहिलो सेमिफाइनल खेल आयोजक सहारा क्लब पोखरा र मनाङ मर्स्याङ्दीबीच हुनेछ ।