दुर्गा प्रसाइँलाई चार दिन थुनामा राख्ने अनुमति

फाल्गुन ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
दुर्गा प्रसाइँलाई चार दिन थुनामा राख्ने अनुमति

काठमाडौं । अफवाह फैलाएको ‌आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाइँलाई चार दिन थुनामा राख्ने काठमाडौं प्रशासनले प्रहरीलाई अनुमति दिएको छ ।

निर्वाचन आयोगको पत्रका आधारमा प्रसाइँलाई प्रहरीले साेमबार राति पक्राउ गरेको थियो । यसअघि माघ १९ मा पनि प्रसाइँलाई पक्राउ गरिएको थियो । यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले मंगलबार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर विनासर्त प्रसाइँलाई रिहा गर्न माग गरेका छन् ।

उनीहरूले गृहमन्त्रीसमक्ष मौलिक हकको प्रयोग गरेकै हकमा प्रसाइँले पक्राउ गर्नु गलत भएको भन्दै यसले चुनावलाई पनि असर पार्न सक्ने बताएका थिए । जवाफमा गृहमन्त्री अर्यालले प्रसाइँविरूद्ध प्रहरी अदालत गैसकेकोले अदालतबाटै मुद्दाको टुंगो लाग्ने बताउनुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.