टी-२० विश्वकप : जिम्बाब्वेले सुपर ८ को यात्रा तय गर्दा अस्ट्रेलिया बाहिरियाे

फाल्गुन ५, २०८२ |खेल ब्युरो
टी-२० विश्वकप : जिम्बाब्वेले सुपर ८ को यात्रा तय गर्दा अस्ट्रेलिया बाहिरियाे

काठमाडौं । आईसीसी पुरूष टी-२० विश्वकपमा अस्ट्रेलिया एक खेलअगावै बाहिरिएको छ । 

मंगलबार जिम्बाब्वे र आयरल्यान्डको खेल वर्षाका कारण अवरूद्ध भएर अंक बाँडेपछि जिम्बाब्वेले सुपर ८ को यात्रा तय गर्दा अस्ट्रेलियाको भने सुपर ८ को सम्भावना समाप्त भएको हो । यो बहिर्गमनलाई अस्ट्रेलियाको क्रिकेट इतिहासकै एक खराब प्रदर्शन मानिएको छ। 

सन् २००९ पछि अस्ट्रेलिया पहिलो पटक विश्वकपको समूह चरणबाटै बाहिरिएको हो त्यसैगरी, सोही अंक बाँडफाँटपछि आयरल्यान्डको पनि विश्वकपको यात्रा टुङ्गिएको हो। समूह 'बी'बाट सह-आयोजक श्रीलंका र जिम्बाब्वेले सुपर ८ को यात्रा तय गर्दा, आयरल्यान्ड, अस्ट्रेलिया र ओमान भने बाहिरिएका छन्। 

श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलअवरूद्ध भएपछि ३ खेलमा ५ अंकसहित जिम्बाब्वेले आफ्नो दोस्रो स्थान कायम राख्यो । यसअघि श्रीलंकाले भने, एक खेलअगावै आफ्नो विश्वकप यात्रा तय गरेको थियो । अस्ट्रेलियालाई जिम्बाब्वेले २३ रनको हराएको थियो भने त्यसपछि श्रीलंकासँग ८ विकेटले पराजित भएपछि टोलीको समीकरण कठिन बनेको थियो। 

अब सुपर ८ मा पुगेको जिम्बाब्वेले फेब्रुअरि २६ मा चेन्नईमा भारतको सामना गर्नेछ।