
काठमाडौं । कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता पोषनाथ अधिकारी सीताराम वर्मा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।
नेपाल पत्रकार महासंघ धादिङ शाखाका संस्थापक सभापति सिताराम प्रसाद वर्माको सम्झनामा धादिङ शाखाले स्थापना गरेको पुरस्कारबाट अधिकारी पुरस्कृत हुनुभएको हो । जिम्मेवार पत्रकारिता निवार्चन रिपोर्टिङ र सामाजिक सञ्जालको प्रयोग सम्बन्धी अन्तरक्रिया तथा पुरस्कार अर्पण समारोहमा प्रेस काउन्सील नेपालका अध्यक्ष कुमार शर्मा आचार्य र पत्रकार महासंघका अध्यक्ष नीमर्ला शर्माले सम्युक्त रूपमा पुरस्कार हस्तान्तरण गर्नु भएको हो ।
झन्डै चार दशक शक्रिय पत्रकारिता गर्नु भएका वर्माको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको थियो । वर्माको निधन भएपछि नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा सीताराम वर्मा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कारको स्थापना भएको हो । महासंघ धादिङ शाखाले यो पुरस्कार हरेक वर्ष एकजना पत्रकारलाई प्रदान गर्दै आएको छ ।
शाखाले आजै राजेन्द्र प्रताप शाह स्मृति पत्रकारिता पुरस्कारबाट केशव अधिकारी, विकास पत्रकारिता पुरस्कारबाट, राजन अधिकारी र शालिक राम वर्मा स्मृति पत्रकारिता पुरस्कार रामबहादुर ठकुरी 'आशिष'लाई पनि पुरस्कृत गरेको छ ।