एपीएफ क्लब नारदमुनि थुलुङ गोल्डकप फुटबलको सेमिफाइनलमा

माघ १८, २०८२ |खेल ब्युरो
एपीएफ क्लब नारदमुनि थुलुङ गोल्डकप फुटबलको सेमिफाइनलमा

उदयपुर । नेपाल एपीएफ क्लब ११औं नारदमुनि थुलुङ गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

उदयपुरको बसाहामा जारी प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा एलएक्स सिटी फुटबल क्लब बेलबारी मोरङविरूद्ध १-० को कठिन जित हात पार्दै एपीएफले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । 

यससँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । एपीएफको जितमा श्याम नेपालीले गरेको गोनै निर्णायक बन्यो । खेलको म्यान अफ दी म्याच एफएफका विवेक थापा मगर चयन भए । प्रतियोगिताअन्तर्गत साेमबार हुने पहिलो सेमिफाइनल खेलमा यङ ब्रदर क्लब इटहरी र न्यू त्रियुगा स्पोट्र्स क्लब सप्तरी प्रतिस्पर्धा गर्ने छन् ।