
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरूद्धको रिटमा थप सक्कल प्रमाण कागजात झिकाउन आदेश गरेको छ ।
न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासले कागजात आएपछि अन्तरिम आदेशका लागि पेस गर्ने आदेश दिएको हो। पूर्व उप्रधान तथा गृहमन्त्री समेत रहनुभएका लामिछानेको सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ सम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धको सर्वोच्चमा तीन रिट दर्ता भएका थिए ।