
जनकपुर । चार सिटका लागि मधेश प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस-एमाले-जसपा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
महिलातर्फ एमालेकी रेखा झा ७ हजार २ सय २२ मत ल्याएर विजयी हुनुभयो । अल्पसंख्यमा कांग्रेसका रञ्जित कर्ण ८ हजार ९३ मतभार, जसपा नेपालका महन्थ ठाकुर ७ हजार ७ सय २५ मतभारका साथ विजयी हुनुभएको छ ।
दलिततर्फ कांग्रेसकै धर्मेन्द्र पासवान ७ हजार ९ सय ४ मतभारका साथ विजयी हुनुभएको छ । राष्ट्रिय सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मतदाता अनुपस्थित रहे । राष्ट्रिय सभामा १९ पद रिक्त भएकोमा १८ पदमा निर्वाचन भएको हो । ए
कजना सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा नियुक्त हुनेछन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ । कांग्रेस, एमाले र जसपा नेपालले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गरेर सिट बाँटफाँट समेत गरिसकेका छन् ।
तीन दलवीचको सहमति अनुसार कांग्रेसलाई ९ एमालेलाई ८ र जसपा नेपाले १ सिट भागबन्डा गरेको छ । नेपाली कम्युनिष्ट पार्टी र जनमोर्चा एक्लै चुनावी मैदानमा उत्रिएका छन् । प्रदेश सभा सदस्यको मतभार ५३ रहेको छ भने पालिका तथा गाउँपालिका प्रमुख-उप्रमुखको मतभार १९ रहेको छ।