
हेटाैंडा । राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशबाट नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धनबाट महिलातर्फ गीता देवकोटा र अन्य तर्फका उम्मेदवार प्रेम प्रसाद दंगाल निर्वाचित हुनुभएकाे छ ।
राष्ट्रिय सभा निर्वाचनमा नेकपा र नेमकिपाका गरी ६ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । महिलातर्फ प्रदेश सभाबाट देवकोटाले ६० मतसहित ३१८० मतभार पाउनुभयाे । स्थानीयतर्फ १६१ मतसहित ३०५९ गरी देबवकोटाले कुल ६ जार २ सय ३९ मतभार प्राप्त गर्नुभयाे । यस्तै अन्यतर्फ दंगालले प्रदेश सभा तर्फबाट ५९ मतसहित तीन हजार एकसय २७ मतभार पाउनुभएकाे छ । दंगालले स्थानीय तहतर्फ १६२ मतसहित ३०७८ गरी कुल ६ हजार २ सय ५ मतभार प्राप्त गर्नुभयाे ।
महिलातर्फ नेकपाका उम्मेदवार सरोज कुमारी झाले २५२२ मतभार र नेमकिपाकी कविता महर्जनले १९७ मतभार प्राप्त गर्नुभयाे । अन्यतर्फ नेकपाका प्रेम प्रसाद सापकोटाले २५४१ मतभार र नेमकिपाका बिक्रम ढुकुछुले १९७ मतभार पाउनुभयाे ।
बागमती प्रदेश सभाका ८९ जना प्रदेश सभा सदस्य र स्थानीयतर्फ स्थानीय तहका २२९ जना प्रमुख र उपप्रमुख गरी ३१८ जनाले मतदानमा सहभागिता जनाएका थिए । प्रदेश सभातर्फ चार हजार सातसय १७ मतभार खसेको थियो भने स्थानीय तर्फ चार हजार तीनसय ५१ मतभार खसेको थियो । कुल नौ हजार अर्सठ्ठी मतभार खसेको थियो ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ । कांग्रेस, एमाले र जसपा नेपालले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गरेर सिट बाँटफाँट समेत गरिसकेका छन् ।
तीन दलवीचको सहमति अनुसार कांग्रेसलाई ९ एमालेलाई ८ र जसपा नेपाले १ सिट भागबन्डा गरेको छ । नेपाली कम्युनिष्ट पार्टी र जनमोर्चा एक्लै चुनावी मैदानमा उत्रिएका छन् । प्रदेश सभा सदस्यको मतभार ५३ रहेको छ भने पालिका तथा गाउँपालिका प्रमुख-उप्रमुखको मतभार १९ रहेको छ।