निर्वाचन आयोगमा समानुपातिकतर्फका तीन उम्मेदवारविरूद्ध उजुरी

माघ १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचन आयोगमा समानुपातिकतर्फका तीन उम्मेदवारविरूद्ध उजुरी

काठमाडौं । निर्वाचन आयोगमा समानुपातिकतर्फका तीन उम्मेदवारविरूद्ध उजुरी परेको छ ।

नेकपा (एमाले)का समानुपातिक सूचीमा रहेका चन्देश्वर मण्डलविरूद्ध उजुरी परेको हो । मण्डल आदिवासीतर्फका व्यक्ति भएकाले मधेशी क्लस्टरमा नमिल्ने भन्दै उजुरी परेको छ । त्यस्तै अपाङगतातर्फ नेपाली कम्युनिष्ट पार्टीको सूचीमा रहेको जीवन लामाविरूद्ध  उजुरी परेको छ । लामा अपाङग व्यक्ति नभएको दाबी गर्दै उजुरी परेको हाे । 

राप्रपाका समानुपातिक उम्मेरदवार कुमारबहादुर थापाविरूद्ध जग्गा अनिधिकृत बेचबिखन गरेको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुद्दा विचाराधीन रहेको भन्दै उजुरी परेको हो । आयोगले सम्बन्धित पक्षलाई आ-आफ्नो सबुत र प्रमाणसहित माघ १३ गते दिउँसो ४ बजेभित्र कार्यालयमा उपस्थित हुन भनेको छ । 

उपस्थित नभए कानुनबमोजिम अघि बढ्ने समेत आयोगको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.