.png&w=1000&height=550)
पोखरा । उच्च अदालत पोखरा बागलुङ इजालसको अत्याधुनिक भवन निर्माण गरिएको छ ।
५७ करोडको लागतमा अन्डरग्राउन्डसहित साढे छ तलाको भवन निर्माण भएको हो । ०७२ सालको भूकम्पले भवन क्षति भएपछि २०७९ मंसिरमा ठेक्का भएर काम सुरू भएको थियो । नयाँ भवनमा छ वटा अत्याधुनिक इजलास कक्ष छन् ।
भवनसँगै अथिति गृह, न्यायाधीश, रजिष्ट्रार, सुरक्षाकर्मी र कर्मचारी आवासका संरचना तीन ब्लकमा निर्माण गरिएको सघन सहरी तथा भवन निर्माण कार्यालयले जनाएको छ । सात रोपनी जग्गामा निर्माण गरिएको भवन प्रविधिमैत्री, अपाङ्गमैत्रीका साथै भूकम्प प्रतिरोधी बनेको छ ।