राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा, रिक्त १९ मध्ये १८ पदका लागि आइतबार मदतान

नतिजा आइतबार नै सार्वजनिक गरिने
माघ १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा, रिक्त १९ मध्ये १८ पदका लागि आइतबार मदतान

काठमाडौं । निर्वाचन आयोगले भोलिहुने १८ जना रिक्त राष्ट्रिय सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने राष्ट्रिय सभाका लागि सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ । त्यसका लागि निर्वाचन आयोगले निर्वाचनलाई आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू सम्बन्धित मतदान केन्द्रमा पुर्याइसकिएको जनाएको छ।

आयोगले राष्ट्रिय सभा निर्वाचनको परिणाम समेत आइतबारनै सार्वजनिक गर्ने जनाएको छ। राष्ट्रिय सभाका लागि हुने १८ जना सदस्यका लागि पाँचवटा राजनीतिक दलले भाग लिएका छन् । कांग्रेस, एमाले र जसपा नेपालले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गरेर सिट बाँटफाँट समेत गरिसकेको छ । 

तीन दलबीचको सहमति अनुसार कांग्रेसलाई ९ एमालेलाई ८ र जसपा नेपाले १ सिट भागबन्डा गरेको छ । नेपाली कम्युनिष्ट पार्टी र जनमोर्चा एक्लै चुनावी मैदानमा उत्रिएका छन् । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य र नगरपालिका प्रमुख उपप्रमुख तथा गाँउपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहेका छन् । 

प्रदेशसभा सदस्यको मतभार ५३ रहेको छ भने पालिका पालिका तथा गाउँपालिका प्रमुख उप्रमुखको मतभार १९ रहेको छ। कोशी र लुम्बिनी प्रदेशमा ३-३ जनाका लागि निर्वाचन हुँदैछ भने मधेस प्रदेशमा ४ सदस्यका लागि निर्वाचन हुँदैछ । त्यसैगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा २–२ जना गरी १८ जना राष्ट्रिय सदस्यका लागि निर्वाचन हुन लागेको हो । 

एक जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछन् । आगामी फागुन २१ गते कार्यकाल सकिन लागेका राष्ट्रिय सभाका सदस्यहरू २०७६ सालमा निर्वाचित भएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.