
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत शनिबार सम्पन्न खेलमा थाइल्यान्डलाई पराजित गर्दै स्कटल्यान्डले सुपर सिक्सको सम्भावनालाई बलियो बनाएको छ ।
हारसँगै एक खेलअगावै सुपर सिक्समा पुग्ने थाई टोलीको लक्ष्य पुरा हुन सकेन । टीयू क्रिेकट मैदानमा स्कर्टल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि सुरूआतमा ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय १८ रनको सामान्य योगफल तयार पारेको थियो ।
कप्तान नारूमोल चाइवाईले ५५ बलमा ७३ रनको अर्धशतकीय योगदान दिएपनि अन्य ब्याटरबाट साथ पाउन सकिनन् । चनिदा सुथिरुङले २२ रन बनाइन् । स्कर्टिस टोलीका लागि क्याथरिन फ्रेजरले २ विकेट हात पारिन् । जवाफमा सारा ब्राइसको ५१ रनको अर्शकतकीय इनिङ्स र फ्रेजरको ४१ रनको मद्दतमा स्कटल्यान्डले ३२ बल बाँकी रहँदै ५ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो ।
समूह 'ए'को खेलमा अपराजित बंगलादेशले आयरल्यान्डलाई ९ रनले पराजित गर्यो । यस जितसँगै बंगलादेश समूह बिजेताका रूपमा सुपर सिक्समा पुगेको छ । हारसँगै आयरल्यान्डले सुपरसिक्समा पुग्न थप प्रतिक्षा गर्नु पर्ने छ । यसै समूहको अर्को खेलमा नामिबियालाई ३ विकेटले पराजित गर्दै प्रतियोगितामा जितको खाता खोल्यो ।
पराजित नामिबिया भने एक खेलअगावै सुपर सिक्सको दौडबाट बाहिरिएको छ ।