
काठमाडौं । नेपाली महिला क्रिकेट क्रिकेट टिमको पहिलो ब्याचकी खेलाडी सिता राना मगरले एक हजार टी-२० आई रन पूरा गरेकी छन्।
१६औं ओभरको दोस्रो बलमा सीताले व्यक्तिगत एक हजार टी-२०आई रन पूरा गरिन् । उनले ६६ खेलको ६२ इनिङ्समा यो उपलब्धी हासिल गरेकी हुन् । सीता, कप्तान इन्दु बर्मा र पूर्व कप्तान रूविना क्षेत्रीपछि यो उपलब्धी हासिल गर्ने तेस्रो नेपाली महिला खेलाडी हुन् ।
अघिल्लो खेलमा नेदरल्यान्ड्सविरूद्ध रूविनाले एक हजार रन पूरा गरेकी थिइन् । कप्तान इन्दु एक हजार टी-२० आई रन बनाउने पहिलो नेपाली महिला ब्याटर हुन् ।