
विराटनगर । कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनकाे सम्पूर्ण तयारी पूरा भएकाे छ ।
कोशीमा राष्ट्रिय सभा सदस्यमा एक महिला, एक दलित गरी दुई पदका लागि मात्रै मतदान हुनेछ । त्यहाँ तीन पदका लागि पाँचजनाको उम्मेदवारी परेकोमा अन्यतर्फ कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भैसक्नुभएको छ ।
९३ जना प्रदेश सभा सदस्य रहेकोमा एकजनाले राजीनामा दिएका छन् भने दुई सय ७४ स्थानीय तहका प्रमुख तथा उपप्रमुखमध्ये पाँच जनाले राजीनामा दिएका छन् । त्यस्तै एक जना भ्रष्टाचार मुद्दामा विशेष अदातलबाट दोषी देखिएकाले मतदान गर्न पाउने छैनन् ।