काभ्रे भन्ज्याङमा धुलिखेल अस्पतालको विस्तार, ग्रामीण स्वास्थ्य सेवामा नयाँ माइलस्टोन

माघ १०, २०८२ |पुजन धिताल|नारायण किलम्बू
काभ्रे भन्ज्याङमा धुलिखेल अस्पतालको विस्तार, ग्रामीण स्वास्थ्य सेवामा नयाँ माइलस्टोन

काठमाडौं । काठमाडौं विश्वविद्यालय धुलिखेल अस्पतालले माइलस्टोन कार्यक्रमको रूपमा काभ्रे भन्ज्याङमा अस्पताल सञ्चालन गर्ने भएको छ । 

ग्रामिण दुरदराजका जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले धुलिखेल नगरपालिकासँगको सहर्कायमा विश्वविद्यालयले अस्पताल सञ्चालन गर्न लागेको हो । काभ्रे भन्ज्याङमा ६४ रोपनी क्षेत्रफल फैलिएको करिब २३ करोड रूपैयाँको लागतमा बनेको अस्पतालले आगामी साताबाट स्वास्थ्य सेवा सुरू गर्ने लागेको हो । 

ग्रामिण क्षेत्रका जनतालाई विशेषज्ञ सेवासहित अस्पतालले घरदैलो स्वास्थ्य सेवा समेत उपलब्ध गराउने छ । यस अस्पताललाई बागमती प्रदेशको स्वास्थ्य शिक्षासम्बन्धी तालिम केन्द्रको रूपमा समेत विकास गरिने छ । धुलिखेल अस्पताले सम्भवत: नेपालमै पहिलो पटक गर्भवती महिलामा हुने उच्चरक्तचाप न्यूनीकरणका लागि अनुसन्धात्मक स्वास्थ्य सेवा समेत सुरू गर्नेछ । 

उच्चरक्तचापले गर्भव महिलाका लागि वायुमार्कर सेवा सुरू गरिएको हो । सामुदायिक अस्पतालको रूपमा मुलुककै छुट्टै पहिचान बनाउन सफल धुलिखेलले विभिन्न जिल्लाका १९ वटा ग्रामिण भेगमा स्वास्थ्य केन्द्र स्थापना गरी स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । 

निकट भविष्यमा धुलिखेलमै सुविधा सम्पन्न ट्रमा सेन्टरसमेत सञ्चालन गर्ने भएको छ । जापान सरकारको सहयोगमा करिब ४ अर्ब रूपैयाँको लागतमा ट्रमा सेन्टरको भवन बनिरहेको छ ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।

Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।