सर्लाही-३ बाट नारायणकाजीको उम्मेदवारी दर्ता

माघ ६, २०८२ |ओमप्रकाश ठाकुर
सर्लाही-३ बाट नारायणकाजीको उम्मेदवारी दर्ता

सर्लाही । आगामी २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।

निर्वाचन कार्यतालिका अनुसार श्रेष्ठले सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ मा मनोनयन दर्ता गराउनुभएकाे हाे । पार्टीका नेता तथा कार्यकर्तासहित प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराउनुभयाे ।

गोरखाका स्थाइ बसोबासी श्रेष्ठले स्थानीय नेता तथा कार्यकर्ताको आग्रहमा सर्लाही आइपुगेको जानकारी दिनुभयाे ।


Image

ओमप्रकाश ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका सर्लाही संवाददाता हुन् ।