
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता तथा निर्वाचन प्रक्रियामा सञ्चारकर्मी र राजनीतिक दलको भूमिकाबारे अन्तरक्रिया गरिएको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन सबै पक्षले आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिइएको छ। अन्तरक्रियामा सहभागी सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधि तथा निर्वाचन अधिकारीहरूले तथ्यमा आधारित र जिम्मेवार पत्रकारिता, मर्यादित चुनावी प्रचारप्रसार र भ्रामक सूचना नियन्त्रणका विषयमा छलफल गरेका थिए ।