.png&w=1000&height=550)
काठमाडौं । साफ फुटसल च्याम्पियनसिपमा महिलातर्फको खेलमा नेपालले तेस्रो हार बेहोरेको छ।
थाइल्यान्डमा जारी प्रतियोगिताको आफ्नो चौथो खेलमा नेपाली टोली बङगलादेससँग ३- ०को गोल अन्तरले पराजित भएको हो। बैङककस्थित, नोथानबुरी रंगशालामा भएको खेलमा बङगलादेशले नेपालविरूद्ध एकपक्षीय खेल प्रस्तुत गर्यो।
खेलको १४औं मिनेटमै बंगलादेशले कप्तान सबिना खातुनमार्फत् अग्रता बनाएको थियो । नेपालकी अनिता केसीको गल्तीको फाइदा उठाउँदै बङलादेशले पहिलो गोल गरेको हो। खेलको १९औं मिनेटमा श्रिमती कृष्णरानी सरकारले बंगलादेशका लागि दोस्रो गोल गरिन् ।
नेपाली विंगर दिपा राईलाई बिट गर्दै कृष्णरानीले पेनाल्टी एरीया बाहिरबाट उत्कृष्ट गोल गरेकी हुन्। पहिलो हाफको अन्त्यमा बंगलादेशले नेपाललाई २-० ले पछाडी परिसकेको थियो। दोस्रो हाफमा पनि नेपालले कमब्याकका अवसर लगातार गुमाइरह्याे। दोस्रो हाफको ३३औं मिनेटमा लिपी अख्तेरले तेस्रो गोल गर्दै बङलादेशको जित सुनिश्चित गरिन्।
पहिलो खेलमा श्रीलंकासँग बराबरी खेलेको नेपाल, तेस्रो खेल आइपुग्दा समेत जितविहीन छ। नेपालले दोस्रो खेलमा भारत र साेमबार भएको तेस्रो खेलमा बङलादेशसँग हार बेहोरेको हो। अब नेपालले बुधबार पाकिस्तानको सामना गर्नेछ। लगातार तेस्रो जितसहित बंगलादेशले तीन खेलबाट सात अंक बनाएको छ।