पाल्पामा फागुन २१ को निर्वाचनका लागि मनोनयन दर्ताको पूर्ण तयारी

माघ ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
पाल्पामा फागुन २१ को निर्वाचनका लागि मनोनयन दर्ताको पूर्ण तयारी

पाल्पा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पाल्पाको दुवै क्षेत्रमा सर्वपक्षीय बैठक बसि मनोनयन दर्ताको पूर्ण तयारी गरिएको छ । 

बैठकमा जिल्ला निर्वाचन कार्यालय र निर्वाचन आयोगले तयार गरेको परिपत्र र आचारसंहितालगायतका विषयमा जानकारी गराएको छ । राजनीतिक दल तथा सरोकारवालाहरूले फागुन २१ गते हुने निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्ने सवालमा आ-आफ्नो तर्फबाट यथासम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.