राष्ट्रिय लिगमा एनआरटी क्लबकाे पहिलो जित

माघ ५, २०८२ |खेल ब्युरो
राष्ट्रिय लिगमा एनआरटी क्लबकाे पहिलो जित

काठमाडौं । राष्ट्रिय लिगमा एनआरटी क्लबले पहिलो जित हात पारेको छ। 

दशरथ रंगशालामा एनआरटी क्लबले सातदोबाटो यूथ क्लबविरूद्ध ३-१ को जित हात दर्ता गरेको हो। एनआरटीको जितमा विज्ञान खड्काले दोहोरो गोल गरेका हुन्। यसैगरी, एनआरटीको जितमा तिमोथी ओकेरेकेले पनि एक गोलको योगदान गरे। पहिलो हाफमा दुई गोल गरेको एनआरटीले दोस्रो हाफमा दुई गोल थप्यो। 

एनआरटीले सुरआती सात मिनेटमै अग्रता बनाएको थियो। विज्ञानले पहिलो गोल गरेपछि एनआरटीका लागि ओकेरेकेले १७औं मिनेटमा अग्रता दोब्बर बनाए। प्रतिस्पर्धात्मक बनेको पहिलो हाफको ३२औं मिनेटमा सातदोबाटोका फोडे फोफानाले गोल गर्दै कम्ब्याकको प्रयास गरे। पहिलो हाफ २-१ को अग्रतामा सकाएको जिवन सिन्केमानको टोलीले दोस्रो हाफमा केही फितलो प्रर्दशन गर्यो।

दोस्रो हाफमा, सातदोबाटोले बारम्बार अवसर सिर्जना गरे पनि गोल निकाल्न सकेन। इन्ज्युरी समयको तेस्रो मिनेटमा विज्ञानले काउन्टर अट्याकमार्फत गोल गर्दै एनआरटीको जित सुनिश्चित गरे। जित सागै एनआरटीले राष्ट्रिय लिगमा आफनो पहिलो जित दर्ता गरेको छ। सातदोबाटोका लागी भने यो लगातार दोस्रो हार हो। 

अब एनआरटीले बिहीबार काँक्रेविहार युथ क्लबको सामना गर्नेछ। त्यसैगरी, सातदोबाटोले शुक्रबार मनाङ मर्स्याङदीको सामना गर्नेछ।