
काठमाडौं। रोल्पा, थवाङका हरि बुढाले संसारका सात उच्च हिमालको आरोहण अर्थात् सेभेन समिट सम्पन्न गर्दै विश्व किर्तिमान कायम गर्नुभएको छ ।
दुई साताअघि अर्थात् ६ जनवरीमा अन्टार्कटिकाको सर्वोच्च शिखर माउन्ट भिन्सनमा आरोहण सम्पन्न गरेपछि आरोही बुढा खुसी साट्न सिधैं नेपाल आउनुभएको हो। अपाङ्गता भएका नेपाली पर्वतारोही तथा पूर्वगोरखा सैनिक हरि बुढाले सगरमाथा आरोहणपछि आफ्नो लक्ष्य सातै महादेशका शिखर चढ्ने रहेको र त्यो पूरा भएको बताउनुभयो ।
सन् २०१० मा अफगानिस्तानमा लडाइँका क्रममा विष्फोटमा परी दुवै खुट्टा गुमाएका उहाँले त्यसपछि पनि जीवन र चुनौतीहरू सामना गर्दै अगाडि बढेको बताउनुभयो ।