
काठमाडौै । चितवनका थारु समुदायले आज धुमधामका साथ खिचरा पर्व मनाएका छन् । आज बिहानै बच्चादेखि वृद्धसम्म सबैले स्नान गरेपछि चिच्चरको प्वाका माछासँग खाने चलन छ । अनदीको चामल आठ-दश घण्टा भिजाएर पानी निकाली बाफमा दुई–तीन घण्टा पकाउँदा चिच्चर तयार हुन्छ । त्यसलाई केही समय सेलाएर डल्लो बनाई भोर्लाको पातमा बेरेर प्वाका बनाउने गरिन्छ ।
यही मुख्य परिकार खाएर आज खिचरा पर्व मनाईएको हो । थारु समुदाय खिचरालाई पुरानो साल समाप्त भएर नयाँ साल शुभारम्भ भएको दिनका रूपमा समेत मनाउँछन् ।
यो पर्वलाई संरक्षण गर्न चितवनका थारु समुदायले महोत्सवकै आयोजना गरेका छन् । जहाँ थारु कलासंस्कृतिको जर्गेना गरिदै आइएको छ ।