पार्टी फुटेको छैन, आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिने बित्तिकै सबै ठिक हुन्छ : नेता राणा

पुस ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
पार्टी फुटेको छैन, आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिने बित्तिकै सबै ठिक हुन्छ : नेता राणा

काठमाडौं । नेपाली कांग्रेसका नेता उदय शमशेर राणाले पार्टी फुटेको नभइ नेतृत्व मात्र परिवर्तन हुन लागेको बताउनुभएको छ ।

बुधबार विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा नेता राणाले यस्तो बताउनुभएको हो । उहाँले नीति र नेतृत्व परिवर्तन गर्ने उद्देश्यले विशेष महाधिवेशन गरिएको भए पनि संस्थापन पक्षसँग नेतृत्वका विषयमा महाधिवेशन प्रतिनिधिहरूले लचकता देखाए पनि उहाँहरूले खारेज गरिदिएको टिप्पणी गर्नुभयो । उहाँले आउँदो निर्वाचनमा सबै वर्गको माग र मुद्दाहरू बोकेर जनतामाझ जानुपर्ने आवश्यकताको आधारमा विशेष महाधिवेशन आयोजना गरिएको बताउनु भयो ।

उहाँले विशेष महाधिवेशनले चयन गर्ने नेतृत्वलाई निर्वाचन आयोगले वैधानिकता दिने बित्तिकै पार्टीमा देखिएका सबै समस्याहरू हल हुने जिकिर पनि गर्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.