कोशीका पहाडी जिल्लामा निर्वाचन प्रहरीका लागि दरखास्त दिने आवेदक न्यून

पुस ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
कोशीका पहाडी जिल्लामा निर्वाचन प्रहरीका लागि दरखास्त दिने आवेदक न्यून

धनकुटा । कोशी प्रदेशका पहाडी जिल्लामा निर्वाचन प्रहरीका लागि दरखास्त दिने आवेदक न्यून देखिएका छन् ।

धनकुटा, भोजपुर, तेह्रथुम र संखुवासभाका लागि निर्धारित निर्वाचन सुरक्षा प्रहरीको ३ हजार ३ सय ८६ कोटामध्ये बुधबारसम्म २ हजार २ सय ९४ जनाले मात्रै आवेदन दर्ता गराएका हुन् । 

संखुवासभामा ९ सय ८४ कोटामध्ये ८ सय जनाको आवेदन परेको छ । तेह्रथुममा ६ सय १६ मध्ये ३ सय ३३, भोजपुरमा १ हजार ९७ मध्ये ५ सय ८४ र ९ सय ८९ कोटाको धनकुटामा ५ सय ७३ जनाले निर्वाचन प्रहरीका लागि आवेदन दर्ता गराएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.