राष्ट्रिय लिग : फ्रेन्ड्स क्लबद्वारा विजयी सुरूआत

पुस ३०, २०८२ |खेल ब्युरो
राष्ट्रिय लिग : फ्रेन्ड्स क्लबद्वारा विजयी सुरूआत

काठमाडौं । फ्रेन्ड्स क्लबले राष्ट्रिय लिगमा विजयी सुरूआत गरेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा फ्रेन्ड्सले काँक्रेविहार क्लबलाई ३-१ ले पराजित गरेको हो । खेलको छैटौं मिनेटमा कमल श्रेष्ठले आत्मघाती गोल गरेपछि काँक्रेविहारले अप्रत्याशित अग्रता लिएको थियो । तर त्यसलाई कायम राख्न भने सकेन । 

पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा प्रशान्त लक्समको गोलमार्फत फ्रेन्ड्सले खेलमा पुनरागमन गरेको थियो । प्रवेश बस्नेतले ५९औं मिनेटमा गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाए । आशिष चापागाईंले ९० औं मिनेटमा तेस्रो तथा अन्तिम गोल गर्दै फ्रेन्ड्सको जित निश्चित गरे । 

जितसँगै फ्रेन्ड्सले महतवपूर्ण ३ अंक जोडेको छ । काँक्रेविहारले भने हारसहित प्रतियोगिता सुरूआत गर्यो ।