पहिलो त्रैमासिक आर्थिक वृद्धि ३ प्रतिशत, घरजग्गा क्षेत्र सुस्त

पुस ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
पहिलो त्रैमासिक आर्थिक वृद्धि ३ प्रतिशत, घरजग्गा क्षेत्र सुस्त

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा कुल गाहर्स्थ उत्पादन ३ दशमलव ०२ प्रतिशतले वृद्धि हुने अनुमान राष्ट्रिय तथ्याङक कार्यालयले गरेको छ ।

विद्युत उत्पादन तथा वितरण, वित्तीय क्रियाकलाप, पशुजन्य उत्पादन, फलफूल तथा तरकारी, व्यापार सेवा, पर्यटन आगमनलगायतमा भएको वृद्धिका कारण कुल गाहर्स्थ उत्पादन ३ दशमलव शून्य-दुई प्रतिशतले वृद्धि हुने अनुमान गरिएको हो । गत वर्षको पहिलो त्रैमासमा सुरूमा ३ दशमलव ४ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरिए पनि उक्त अवधिमा वास्तविक वृद्धिदर २ दशमलप ९ प्रतिशत कायम भएको थियो । 

गत वर्षको पहिलो त्रैमासिकको तुलनामा खाद्यान्न बाली, वनपैदावर, निर्जीवन बिमा, आन्तरिक उत्पादनका निर्माण सामग्री लगायतमा संकुचन आए पनि सबै सूचक धनात्मक हुँदा वृद्धिदर भएको तथ्याङक कार्यालयले जनाएको छ । अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान पुयाउने कृषि क्षेत्रको वृद्धिदर १ दशमलव तीन-६ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । 

थोक तथा खुद्रा व्यापार क्षेत्रको वृद्धिदर ३ दशमलव आठ-नौ प्रतिशत छ । व्यापारजन्य वस्तुको स्वदेशी उत्पादन तथा आयातका भएको वृद्धिका कारण यस क्षेत्रका वृद्धि हुन गएको हो । गत वर्ष ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर ३ दशमलव ३ प्रतिशत रहेको छ । गत वर्ष घरजग्गा व्यवसायको वृद्धिदर २ दशमल ७ रहेको यो वर्षमा १ दशमलव ८ प्रतिशतमा खुम्चिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.