
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गतेको निर्वाचनलाई चरणबद्ध बनाउन खोजिए स्वीकार नगर्ने बताउनुभएको छ ।
ललितपुरमा शनिबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचनका लागि तम्तयार रहन भने कार्यकर्तालाई निर्देशन दिनुभयो । तर फागुन २१ मै चुनाव हुनुपर्ने र चरणबद्ध भए स्वीकार्य नहुने ओलीको भनाइ छ ।
आफूहरूले लोकतन्त्रलाई पुनर्स्थापना गर्न र लोकतान्त्रिक शक्तिहरू एकजुट हुने गरी प्रयास गरिरहेको पनि अध्यक्ष ओलीले बताउनुभयो । रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलगायतलाई लक्षित गर्दै एमाले अध्यक्ष ओलीले विध्वंशका पक्षधरहरू एक ठाउँमा उभिन खोजेको आरोप लगाउनुभयो ।
एमाले केन्द्रीय कमिटी बैठक जारी छ ।